logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • टोकियो ओलम्पिकमा गौरिकाको खेल आज

    टोकियो ओलम्पिकमा गौरिकाको खेल आज

    1.6K
    Shares

    काठमाडौं । जापानमा जारी टोकियो ओलम्पिकमा नेपालकी पौडी खेलाडी गौरिका सिंहले आज प्रतिस्पर्धा गर्दैछिन् । 

    महिला एक सय मिटर फ्रीस्टाइलमा भाग लिन लागेकी गौरिकाको हिट चरणको खेल दिउँसो ३ः४५ बजे सुरु हुनेछ । टोकियो एक्वेटिक सेन्टरमा हुने प्रतिस्पर्धामा गौरिका हिट १ मा रहेकी छिन् । चार खेलाडी रहेको गौरिकाको हिटमा नाइजेरिया, मोन्टेनेग्रो र गुवामका खेलाडी छन् । 

    ओलम्पिकमा गौरिकाको यो लगातार दोस्रो सहभागिता हो । यसअघि ब्राजिलमा भएको रियो ओलम्पिकमा पनि गौरिकाले प्रतिस्पर्धा गरेकी थिईन् । त्यतिवेला १३ बर्षकी गौरिका ओलम्पिककै सबैभन्दा कान्छी खेलाडी बनेको चर्चा विश्वभर चलेको थियो । 
    गौरिकाले अनिवार्य कोटा अन्तर्गत ओलम्पिक यात्रा तय गरेकी हुन् । १३औं सागमा चार स्वर्ण जितेकी  गौरिकाको एक सय मिटर फ्रीस्टाइलमा राष्ट्रिय कीर्तिमान छ । उनले आफ्नो कीर्तिमानमा सुधार गर्ने लक्ष्य राखेकी छन् । टोकियो ओलम्पिमा नेपालबाट दुई खेलाडी सहभागी छन् । 

    मंगलबारमात्र मात्र पौडीकै एलेक्स शाहले पुरुष एक सय फ्रीस्टाइलमा प्रतिस्पर्धा गरेका थिए । हिट चरणबाटै बाहिरिएका एलेक्स आफ्नो हिटमा पहिलो भएका थिए । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend