२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

विराट व्यापार संघको अध्यक्षमा प्रमोदकुमार अग्रवाल निर्वाचित

बिहिवार , बैशाख १७, २०८३

मोरङ । विराट व्यापार संघको अध्यक्षमा प्रमोदकुमार अग्रवाल (जिन्दल) निर्वाचित भएका छन् । संघको केन्द्रीय कार्यालय, विराटनगरमा बुधबार सम्पन्न २६औँ साधारणसभा तथा १३औँ अधिवेशनले अग्रवाललाई नयाँ नेतृत्वका रूपमा सर्वसम्मत चयन गरेको हो ।

यसअघि संघको वरिष्ठ उपाध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका अग्रवाल व्यवसायिक क्षेत्रमा सक्रिय तथा संगठनभित्र अनुभवी व्यक्तित्वका रूपमा परिचित छन्।

अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा श्यामलाल पौडेल (भवेष) चयन भएका छन् भने उपाध्यक्षहरूमा प्रविण अग्रवाल (कागलीवाला), मनोहर कार्की, किरण ढुंगेल र सरस्वती दाहाल ओझा सर्वसम्मत निर्वाचित भएका छन्।

त्यसैगरी, महासचिवमा महेन्द्र खड्का, उपमहासचिवमा भोजराज निरौला, कोषाध्यक्षमा सुनिता गुरुङ तथा सह–कोषाध्यक्षमा अशोक पौदार ९ख० पनि सर्वसम्मत चयन भएका छन्। गुरुङ यसअघि पनि कोषाध्यक्षकै जिम्मेवारीमा रहेकी थिइन्।

नयाँ कार्यसमितिका सदस्यहरूमा शिवरतन शर्मा जोशी, विपिन खतिवडा, महेन्द्र खेतान, रमा श्रेष्ठ, अनिष तोदी, अभिषेक गौतम, कुमारी सोनिया आचार्य, सुस्मिता थापा रिजाल, प्रेम पारख, सन्तोष दाहाल, कमल अग्रवाल र मो। अमजल हुसैन सर्वसम्मत निर्वाचित भएका छन्।

नवनिर्वाचित कार्यसमितिले संघलाई अझ सशक्त र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट