logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • भारत उत्तर प्रदेश: रोकिराखेको बसलाई ट्रकले ठक्कर दिँदा  १८ यात्रुको मृत्यु

    भारत उत्तर प्रदेश: रोकिराखेको बसलाई ट्रकले ठक्कर दिँदा  १८ यात्रुको मृत्यु

    2.6K
    Shares

    एजेन्सी । भारत उत्तर प्रदेशको बाराबांकी जिल्लाको लखनऊ(अयोध्या हाइवेअन्तर्गत रोकिराखेको यात्रुवाहक बसलाई ट्रकले ठक्कर दिँदा  १८ यात्रुको मृत्यु भएको छ । दुर्घटनामा दर्जनौं घाइते भएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

    कल्याणी पुलमा रोकिएको यात्रुवाहक बसलाई तीव्र गतिमा आएको ट्रकले मंगलबार राति साढे १२ बजेतिर पछाडिबाट ठक्कर दिएको थियो। खबर अनुसार घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। 

    बिहार जाँदै गरेको बस बिग्रिएकाले रोकिएर ममर्त कार्य भइरहेको थियो । तीव्र गतिमा आएको ट्रकको ठक्करपछि बसभित्र सुतेका यात्रु पनि सडकमा पछारिएका थिए।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend