काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत सर्गियो गोर आज साँझ काठमाडौं आइपुग्ने भएका छन् ।
३९ वर्षीय गोर दक्षिण तथा मध्य एशियाका लागि विशेष दूत हुनुका साथै भारतका लागि अमेरिकी राजदूतसमेत हुन् । उनको भ्रमण मुख्यतः व्यापार, लगानी र नेपाल–अमेरिका सम्बन्ध विस्तारमा केन्द्रित रहने बताइएको छ ।
नेपाल बसाइका क्रममा उनले अर्थमन्त्री स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल सँग भेट्ने तय भएको छ । तर प्रधानमन्त्री बालेन शाह सँग भेट हुने/नहुने अझै निश्चित छैन ।
प्रतिक्रिया दिनुहोस