logo

२०८१ माघ १ मंगलबार

logo
  • मंगलबार, १ माघ २०८१
  • प्रचण्डको हस्ताक्षर दुरुपयोग भएपछि…

    प्रचण्डको हस्ताक्षर दुरुपयोग भएपछि…

    3.6K
    Shares

    काठमाडौं। सत्ता गठबन्धनलाई बदनाम गराउने उद्देश्यले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नक्कली हस्ताक्षर सहितको विज्ञप्ति सार्वजनिक भएपछि माओवादी केन्द्रले आपत्ति जनाएको छ।

    प्रचण्डको नक्कली हस्ताक्षरसहित ‘मन्त्रिमण्डल विस्तार सम्बन्धमा विषयक’ नामक विज्ञप्ति निकालेपछि केन्द्रले अर्को विज्ञप्ति निकालेर आपत्ति जनाएको हो।

    नक्कली विज्ञप्तिमा पार्टीको निर्ण भन्दै पूर्वसर्तअनुसार माहोल नमिलेको र एमाले नेता माधवकुमार नेपालको अपरिपक्क निर्णयका कारण ६ प्रदेशको प्रमुख नियुक्त गर्ने निर्णय, माधव नेपाललाई एमालेमै फर्कने वातावरण मिलाए दुई चारजना मन्त्रीको लागि पहल गर्ने लगायत ६ बुँदे निर्णय भएको हवला दिइएको छ। 

    यस्तो विज्ञप्ति सार्वजनिक भएपछि माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले विज्ञप्ति निकालेर खण्डन गरेका हुन्।

    ढकालको विज्ञप्तिमा केही अपराधिक, अराजक एवं प्रतिगामी तत्वले पार्टीको लेटरप्याड, पार्टीको छाप र अध्यक्ष प्रचण्डको नक्कली हस्ताक्षर राखेर गठबन्धन र आम समुदायमा भ्रम सिर्जना गर्न खोजिएको बताएका छन्।

    ढकालले विज्ञप्तिमार्फत किर्ते र झुटको विश्वास नगर्न सबैलाई आग्रह समेत गरेका छन्। उनले समाजमा भ्रम फैलाउने तत्वहरुमाथि यथाशीघ्र अनुसन्धान गरेर कडा कारवाही गर्न माग गरेका छन्। 

    नक्कलीpress-r11.jpg

    सक्कली

    press-r-22.jpg

     

     

      


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend