logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • थाइल्याण्डको बीच सडकमा बाँदरको लडाइँ, घण्टाैँ ट्राफिक जाम

    थाइल्याण्डको बीच सडकमा बाँदरको लडाइँ, घण्टाैँ ट्राफिक जाम

    1.9K
    Shares

    काठमाडौं । थाइल्याण्डमा सय भन्दा बढी बाँदरको २ गुटबीच लडाइँ भएको भिडियो आएको छ । भिडियोमा बाँदरको एक झुण्ड सडकमा एक अर्काबीच लडाइँ गरिरहेको देखिन्छ । बाँदरहरुको लडाइँ भइरहेका बेलामा सडकमा हिँडिरहेका मानिसहरु घण्टौँसम्म जाममा परेका छन् भने पैदल यात्रीहरु बाटोमै उभिएको उभियै भएका छन् ।

    बाँदरहरुको सामुहिक झडप भइरहेका बेलामा बाँदरहरु कराएको आवाज यति धेरै थियो कि सवारी साधनमा भएका मानिसहरु डरले बाहिर निस्कन सकेनन् । यो घटना मध्य थाइल्याण्डको चर्चित पर्यटकीय स्थल लोपबुरीको हो । यो शहर पुरानो बौद्ध मन्दिरका लागि प्रसिद्ध छ ।
     
    घटनाको भिडियो रेकर्ड गर्ने एक व्यक्तिले भने ‘जब उनी आफ्नो घरको सफाइ गरिरहेका थिए उतिबेला बाँदर चिच्याएको आवाज सुने । जब उनी बाहिर निस्केर हेरे १०० भन्दाबढी बाँदरको २ गुट एक अर्कामा लडाइँ गरिरहेका थिए । यो लडाइँ करिब एक घण्टा चलेको थियो । बाँदरको यो लडाइँका कारण यहाँको यातायात पूर्ण रुपमा ठप्प भएको थियो । सडक जामले भरिएको थियो ।’

    बाँदरको एउटा झुण्ड प्राचिन मन्दिरको भित्र बस्ने गरेको छ । जुन एक प्रसिद्ध पर्यटकीय क्षेत्र हो । अर्को झुण्ड भने एउटा खाली सिनेमा घरमा बस्दै आइरहेको थियो । यति धेरै संख्यामा बाँदरको लडाइँ भएको पहिलो पटक देखिएको हो ।

    स्थानीयका अनुसार यो क्षेत्रमा धेरै मात्रामा बाँदरको संख्या छ । कोरोना भाइरस संक्रमणका कारण यो पर्यटकीय क्षेत्रमा मानिसको आवत–जावत भइरहेको छैन । यहीँ आउने पर्यटकका कारण यी बाँदरहरुको पेट पालिन्थ्यो । स्थानीय मानिस पनि पर्यटकका कारण रोजगार पाउँथे । मानिस बेरोजगार भए नै लकडाउनका कारण बाँदरहरुले पनि केही खान पाएनन् । यही कारण उनीहरुबीच लडाइँ भएको अनुमान गरिएको छ ।

    – दैनिक भास्करबाट । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend