२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

२५७०औँ बुद्ध जयन्तीः शान्तिको कामना गर्दै देशभर मनाइँदै, लुम्बिनी र स्वयम्भूमा विशेष रौनक

शुक्रवार , बैशाख १८, २०८३

काठमाडौं । शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५७०औँ जयन्ती आज देशभर श्रद्धा, भक्ति र विविध कार्यक्रमसहित मनाइँदै छ।

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्ध जयन्तीका अवसरमा भगवान् बुद्धको पूजा, आराधना तथा प्रवचन कार्यक्रम आयोजना गरिएका छन्। यस अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ।

इतिहासअनुसार इसापूर्व ५६३ मा रुपन्देहीस्थित लुम्बिनीमा राजा शुद्धोधन र माता मायादेवीको गर्भबाट सिद्धार्थ गौतमको जन्म भएको थियो। २९ वर्षको उमेरमा राजसी जीवन त्यागी उनले मानव जीवनका दुःखको समाधान खोज्न तपस्यामा लागेका थिए र ६ वर्षपछि बुद्धत्व प्राप्त गरेका थिए ।

बुद्धका “अहिंसा, शान्ति र मैत्री” सम्बन्धी सन्देश आज पनि विश्वभर सान्दर्भिक मानिन्छन्। बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा र विहारहरूमा पूजा तथा धार्मिक विधि सम्पन्न गरिरहेका छन्।

यस अवसरमा लुम्बिनी, स्वयम्भू र बौद्ध क्षेत्रमा विशेष कार्यक्रम, शान्ति पदयात्रा तथा दीप प्रज्वलन आयोजना गरिँदैछ। बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण एकै दिन परेकाले यस दिनको धार्मिक महत्व अझ विशेष मानिन्छ।

हिन्दू धर्मावलम्बीहरूले पनि बुद्धलाई भगवान् विष्णुको नवौँ अवतारका रूपमा पूज्ने भएकाले यो पर्व धार्मिक सहिष्णुता र सद्भावको प्रतीकका रूपमा मनाइन्छ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट