२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

संवैधानिक प्रबन्धले मूर्तरूप लिँदै जाने मेरो विश्वास छ : राष्ट्रपति पौडेल

शुक्रवार , बैशाख १८, २०८३

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्न परिकल्पना गरिएको संवैधानिक प्रबन्धले मूर्तरूप लिँदै जाने विश्वास व्यक्त गरेका छन् । विश्व मजदुर दिवस (मे १,२०२६)का अवसरमा आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली श्रमजीवी दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दै सो विश्वास गरेका हुन् । उनले श्रम अधिकार सुनिश्चितताको कामना पनि गरेका छन् ।

उनले भनेका छन्, “मुलुकको आर्थिक समृद्धिका लागि उद्यमशीलताको विकासमार्फत स्वदेशी उत्पादन वृद्धि गरी स्वदेशी उत्पादनको प्रयोगमा जोड दिँदै स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न आवश्यक छ, उद्यमशीलताको विकास गर्न पुँजी लगानी गर्ने उद्यमी र श्रम तथा सीप लगानी गर्ने श्रमिकहरू दुवैको योगदान उत्तिकै महत्त्वपूर्ण हुने भएकाले मर्यादित श्रमको वातावरण निर्माण गरी उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्नुपर्दछ भन्ने मलाई लाग्दछ ।”

श्रमिकहरूको पेसागत मर्यादा र सम्मान अभिवृद्धि गर्न उनीहरूको हक, अधिकार स्थापित भएको दिनका रूपमा प्रत्येक वर्ष मे १ मा यो दिवस मनाउने गरिन्छ । यस दिवसले विश्वभरिका सम्पूर्ण श्रमजीवीहरूलाई आफ्नो हक, हित, अधिकार तथा स्वतन्त्रताको रक्षार्थ एकताको सूत्रमा बाँध्न सहयोग पुग्ने राष्ट्रपति पौडेलको भनाइ छ ।

नेपालको संविधानले सम्पूर्ण नागरिकहरूका लागि रोजगारीको हक एवं श्रमको हक सुनिश्चित गर्दै प्रत्येक श्रमिकलाई उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकलाई समेत प्रत्याभूत गरेको उल्लेख गर्दै उनले समान कामका लागि लङ्ंगिक आधारमा पारिश्रमिक तथा सामाजिक सुरक्षामा कुनै भेदभाव नगरिने व्यवस्था समानताको हकले गरेको बताएका छन् । सन्देशमा भनिएको छ, “विश्व मजदुर दिवसले श्रमको सम्मान, स्वरोजगार, उचित पारिश्रमिक एवं समाजिक सुरक्षा सुनिश्चित गर्नेतर्फ अग्रसर हुन सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट