logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • ओलम्पिकमा गौरिकाको राष्ट्रिय कीर्तिमान

    ओलम्पिकमा गौरिकाको राष्ट्रिय कीर्तिमान

    2.3K
    Shares

    काठमाडौं । जापानमा जारी टोकियो ओलम्पिकमा नेपालकी पौडी खेलाडी गौरिका सिंहले राष्ट्रिय कीर्तिमान बनाएकी छन् ।

    महिला एक सय मिटर फ्रीस्टाइलको हिट चरणमा गौरिकाले १ मिनेट ०.११ सेकेन्डमा निर्धारित दूरी पार गरिन् । हिट १ बाट प्रतिस्पर्धा गरेकी गौरिका आफ्नो हिटमा तेस्रो स्थानमा रहिन् । गौरिकाको हिटमा नाइजेरिया, मोन्टेनेग्रो र गुवामका खेलाडी थिए । ५० मिटरको लङ कोर्समा गौरिकाले आफ्नै नाममा रहेको कीर्तिमान भङ्ग गरेकी हुन् ।

    यसअघि गौरिकाको नाममा १ मिनेट ००.६२ सेकेन्डको राष्ट्रिय कीर्तिमान रहेको थियो । गौरिकाले २०१९ मा दक्षिण कोरियामा भएको १८ औं फिना विश्व च्याम्पियनसिपमा राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । ओलम्पिकमा गौरिकाको यो लगातार दोस्रो सहभागिता हो । यसअघि ब्राजिलमा भएको रियो ओलम्पिकमा पनि गौरिकाले प्रतिस्पर्धा गरेकी थिइन् । त्यतिबेला १३ वर्षकी गौरिका ओलम्पिककै सबैभन्दा कान्छी खेलाडी बनेको चर्चा विश्वभर चलेको थियो ।

    गौरिकाले अनिवार्य कोटा अन्तर्गत ओलम्पिक यात्रा तय गरेकी हुन् । १३ औँ सागमा चार स्वर्ण जितेकी ओलम्पिक अघि आफ्नो कीर्तिमानमा सुधार गर्ने लक्ष्य राखेकी छन् । टोकियो ओलम्पिमा नेपालबाट दुई खेलाडी सहभागी छन् । मंगलबारमात्र मात्र पौडीकै एलेक्स शाहले पुरुष एक सय फ्रीस्टाइलमा प्रतिस्पर्धा गरेका थिए । हिट चरणबाटै बाहिरिएका एलेक्स आफ्नो हिटमा पहिलो भएका थिए । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend