logo

२०८१ पुष १२ शुक्रबार

logo
  • शुक्रबार, १२ पुष २०८१
  • गण्डकी र लुम्बिनीका प्रदेश प्रमुखले लिए पद तथा गोपनीयताको शपथ 

    गण्डकी र लुम्बिनीका प्रदेश प्रमुखले लिए पद तथा गोपनीयताको शपथ 

    2.1K
    Shares

    काठमाडौं। गण्डकी र लुम्बिनी प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ लिएका छन्। 

    राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा लुम्बिनीका नवनियुक्त प्रदेश प्रमुख अमिक शेरचन र गण्डकीका प्रदेश प्रमुख पृथ्वीमान गुरूङलाई शपथ खुवाएकी हुन्। 

    मंगलबार सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले शेरचन र गुरुङलाई प्रदेश प्रमुख नियुक्त गरेकी हुन्। गुरूङ कांग्रेस र शेरचन नेकपा माओवादी केन्द्रको तर्फबाट प्रदेश प्रमुख नियुक्त भएका हुन्। 

    नयाँ नियुक्तिसँगै गण्डकी प्रदेशमा सीताकुमारी पौडेल र लुम्बिनीमा धर्मनाथ यादव पदमुक्त भएका छन्।

    Pro-KTM-SapathProvinceChiefc.jpg


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend