२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

भन्सारमा १०० रुपैयाँ भन्दा माथिको सामानमा कर लगाउने नीति हटाउन माग गर्दै प्रदर्शन

सोमवार , बैशाख २१, २०८३

काठमाडौं । नेपाल–भारत सीमा भन्सारमा १०० रुपैयाँ भन्दा माथिको सामानमा कर लगाउने नीति हटाउन माग गर्दै काठमाडौंमा विरोध प्रदर्शन गरिएको छ ।

राष्ट्रिय एकता दलले सीमानमा रु १०० को मापदण्ड हटाउन माग गर्दै सोमबार काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेको हो ।

नेपाल–भारत सीमा क्षेत्रमा भन्सारमा कडाई गर्दा सीमा वरिपरि बस्ने नेपाली नागरिकले सास्ती भोग्नु परेको र दैनिक जिवनयापनमा समेत समस्या परेको उनीहरुको गुनासो छ ।

प्रदर्शनमा सहभागीहरुले सीमामा १०० को नियम हटाऊ, गरीबको हक अधिकार बचाउ, मानव अधिकारको रक्षा गर, सीमानाका किसानलाई मल देउ लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

राष्ट्रिय एकता दलका अध्यक्ष विनय यादवले सीमा क्षेत्रमा रहेका बासिन्दाले दैनिक उपभोग्य बस्तुमा कर लगाएर अन्याय गरेको भन्दै तत्काल रु १०० को मापदण्ड खारेज गर्न माग गरे । साथै उनीहरुले देशका बिभिन्न स्थानमा डोजर आतंक मच्चाइएको भन्दै विरोध जनाएका छन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट