काठमाडौं। राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष विश्वनाथ पौडेलले कोभिड–१९ र बाढीपहिरोको प्रभावमा ध्यान दिने बताएका छन्।
बिहीबार बिहान भएको पत्रकार सम्मेलनमा उपाध्यक्ष पौडेलले यस्तो बताएका हुन्। उनले अब नियमित कामका साथै समग्र योजनाको गुणस्तर बढाउने, अर्थसहितका अन्य मन्त्रालयलाई छुटब्याक दिने र आफूलाई चाहिने निकायलाई बलियो बनाउने लक्ष्य रहेको बताए।
उपाध्यक्ष पौडेलले भने, ‘कोभिड र यसको प्रभावका बारेमा हामीले हेर्नुपर्नेछ, त्यसपछि नियमित काम र समग्र योजनाको गुणस्तर बढाउने, अर्थलगायत अरु मन्त्रालयलाई छुट ब्याक दिने काम गर्नुपर्छ’, उनले भने, ‘हामीसँगै अरु निकायलाई बलियो बनाउने हाम्रो लक्ष्य छ, कर्मचारीबाट हामी यही अपेक्षा गर्छौँ।’
उनले आफ्नो बाँकी कार्यकाल सरकारलाई उपयोगी हुने काम गर्ने प्रतिज्ञा गरे।