logo

२०८१ पुष १२ शुक्रबार

logo
  • शुक्रबार, १२ पुष २०८१
  • गैर-कानुनी शेयर बिक्री आरोपमा धितोपत्रलाई स्पष्टीकरण 

    गैर-कानुनी शेयर बिक्री आरोपमा धितोपत्रलाई स्पष्टीकरण 

    2.3K
    Shares

    काठमाडौं। गैर कानुनी रुपमा शेयर खरिद बिक्री गरेको आरोप लागेपछि धितोपत्र बोर्डलाई अर्थ मन्त्रालयले स्पष्टीकरण सोधेको छ। 

    अर्थ मन्त्रालयले बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाकी छोरीको नाममा सर्वोत्तम सिमेन्टको शेयर रहेको फेला परेपछि स्पष्टीकरण सोधेको हो।

    बुक बिल्डिङमार्फत नेपालमै पहिलो पटक सर्वोत्तमले सर्वसाधारणका लागि आइपीओ जारी गर्ने तयारी गरिरहेको छ। यही बेला अध्यक्ष ढुंगानाकी छोरी रेविका ढुंगानाको नाममा सर्वोत्तमको करिब १२ हजार कित्ता सेयर नामसारी भएको फेला परेको छ। 

    बोर्ड अध्यक्ष ढुंगानाले भित्रभित्रै आफ्नो छोरीको नाममा शेयर किनेर पदको दुरुपयोग गरेको समाचार बाहिरिएको थियो। 

    सूचना बाहिरिएपछि अर्थ मन्त्रालयले ढुंगानालाई सत्य तथ्य स्पष्ट पार्न तीन दिनको समय दिएर स्पष्टीकरण समेत सोधेको छ। 

    अर्थ मन्त्रालयले यथार्थ विवरण बुझाउन निर्देशन दिएको मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाले जनाएको छ। 
      


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend