logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • चीनलाई पौडीमा विश्व कीर्तिमानसहित स्वर्ण

    चीनलाई पौडीमा विश्व कीर्तिमानसहित स्वर्ण

    1.6K
    Shares

    टोकियो । जापानमा जारी टोकियो ओलम्पिकमा पौडीको महिला ४ गुणा २ सय मिटर फ्रिस्टाइलमा चीनले विश्व कीर्तिमानसहित स्वर्ण पदक जितेको छ । 

    चीनका याङ जुनछुवान, ताङ मुहान, झाङ युफी र ली बिङजी सम्मिलित खेलाडीले चीनलाई ऐतिहासिक स्वर्ण दिलाएका हुन् ।

    एक्वेटिक सेन्टरमा बिहीबार चीनले ७.४०.३३ मिनेटको समय निकाल्दै विश्व कीर्तिमानसहित स्वर्ण जितेको हो । यस स्पर्धामा यसअघि अष्ट्रेलियाले ७:४१.५० मिनेटको कीर्तिमान बनाएको थियो।
     
    यस विधामा रजत जितेको अमेरिकाले अमेरिकाले निर्धाीरत दूरी ७ः४०.७३ मिनेटमा पूरा गरेको थियो । अष्ट्रेलियाले ७:४१.२९ मिनेटमा दूरी पार गर्र्दै कांस्य पदक जित्न सफल भयो ।

    china-swiming-photo.JPG
      


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend