काठमाडौं । चीनले जानानमा जारी ३२ औँ गृष्मकालीन टोकियो ओलम्पिकको पदक तालिकाको शीर्ष स्थान कब्जा गरेको छ । बिहीबार अपरान्हसम्म कूल एक सय चार पदकको छिनोफानो हुँदा चीनले १४ स्वर्ण सहित २९ पदक जितेको छ ।
ओलम्पिकको सातौं दिन जारी रहँदा पदक तालिकामा चीनले तालिकामा अमेरिका र जापानलाई पछि पारेको होृ । दोस्रो स्थानको अमेरिकाले १३ स्वर्ण पदकसहित कुल ३६ पदक जितेको छ । तेस्रो स्थानमा रहेको आयोजक जापानले १३ स्वर्णसहित २२ पदक जितेको छ । अष्ट्रेलिया आठ स्वर्णसहित २० पदकका साथ चौथो स्थानमा छ । रसियन ओलम्पिक टिम सात स्वर्णसहित कुल २५ पदक जित्दै पाँचौं स्थानमा छ ।
छैटौँ स्थानमा रहेको बेलायतले पाँच स्वर्ण, दक्षिण कोरियाले चार तथा जर्मनी र फ्रान्सले तीन तीन स्वर्ण जितेका छन् । अहिलेसम्म ३७ देशले स्वर्ण हात पारेका छन् ।