logo

२०८१ पुष १२ शुक्रबार

logo
  • शुक्रबार, १२ पुष २०८१
  • बाघको संरक्षणका लागि जंगल जोगाऔं : प्रधानमन्त्री देउवा 

    बाघको संरक्षणका लागि जंगल जोगाऔं : प्रधानमन्त्री देउवा 

    2.4K
    Shares

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बाघको बासस्थानलाई सुरक्षित गर्न ध्यान दिनुपर्ने बताएका छन् । 

    विश्व बाघ दिवसको अवसरमा बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले बाघको बासस्थानका लागि जंगल आवश्यक रहेको र जंगल जोगाउनेतर्फ ध्यान दिनुपर्ने आवश्यकता औल्याउनुभएको हो । 

    प्रधानमन्त्री देउवाले बाघको वासस्थानको सुरक्षा गर्दै चोरी निकासी रोक्नुपर्नेमा जोड दिए ।  देउवाले बाघ र मानिसका बीचमा समस्या रहेको भन्दै ती समस्याको समाधानका उपाय निकाल्नु आवश्यक रहेको बताए । 

    ‘बाघको लागि जंगल आवश्यक छ । जंगल र बाघ एक अर्काको लागि आवश्यक कुरा हुन्’, उनले भने, ‘बाघको बासस्थान सुरक्षित गर्न विशेष ध्यान दिनुपर्छ ।’

    कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा नेकपा(एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले प्रकृति संरक्षणमा जोड दिनुपर्ने बताए । उनले आफू प्रधानमन्त्री रहँदा सहयोद्धा राम्रो भएकाले प्रकृति संरक्षणको सम्बन्धमा राम्रो काम गर्न सकेको भन्दै त्यसप्रति आफूलाई आनन्द र गौरवबोध हुने गरेको बताए । 

    प्रधानमन्त्री देउवालाई काविल र रचनात्मक सहयोगी  राख्न पनि नेता नेपालले सुझाव दिए । ‘प्रधानमन्त्री मात्रै पर्याप्त हुँदोरहेनछ । सहयोगी, सहयोद्धा पनि त्यस्तै काविल चाहिन्छ’, उनले भने, ‘समर्पित सहयोद्धा चाहिन्छ । रचनात्मक चाहिन्छ ।’

    नेता नेपालले बाघको रक्षामा सबैले ध्यान पु¥याउनुपर्नेमा जोड दिए । प्रकृतिको संरक्षण भए मात्रै मानव जातिको संरक्षण हुने उनको भनाइ छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend