logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • नेम्वाङ र दुई पत्रकारमाथि छानविन गर्न एन्फामा प्रशिक्षक अब्दुल्लाहको निवेदन

    नेम्वाङ र दुई पत्रकारमाथि छानविन गर्न एन्फामा प्रशिक्षक अब्दुल्लाहको निवेदन

    1.6K
    Shares

    काठमाडौं । राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङ र दुई पत्रकारमाथि छानविन गर्न माग गर्दै निवेदन दिएका छन् ।

    प्रशिक्षक अब्दुल्लाहले बिहिबार एन्फा मुख्यालय सातदोवाटोमा पुगेर उपाध्यक्ष पंकज र दुई संचारकर्मीसँगको विवादबारे छानबिन गर्न निवेदन दिएका हुन् । एन्फाका प्रवक्ता किरण राईले प्रशिक्षक अल्मुताइरीले बिहीबार एन्फा आएर निवेदन दर्ता गरेको जानकारी दिए ।

    प्रशिक्षक अल्मुताइरीले आइतबार सामाजिक सञ्ंजाल फेसबुकबाट आफुले राजीनामा दिने घोषणा गरेका थिए । अल्मुताइरीले वरिष्ठ उपाध्यक्ष पंकजको कारण आफूले राजीनामा दिन लागेको धारणा सार्वजनिक गरेका थिए । उपाध्यक्ष पंकजले भने आफूमाथि गम्भीर षडयन्त्र गरिएको भन्दै राजनितिक दाउपेचका कारण आफूलाई फुटबलको भिलेन बनाउन खोजिएको बताएका छन् ।
     
    पंकजले सत्य तथ्य छानविन गर्न सोमबार एन्फामा निवेदन दिएका छन् । यस विषयमा छलफल गर्न एन्फाले शुक्रबार दिउँसो एन्फा कार्यसमितिको आपत्कालीन बैठक समेत बोलाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend