२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

कर्णाली प्रदेश समन्वय परिषद्को एघारौँ बैठक सुरु: नीति, बजेट र साझा अधिकारमा केन्द्रित

बुधवार , बैशाख २३, २०८३

कर्णाली । कर्णाली प्रदेश समन्वय परिषद्को एघारौँ बैठक सुरु भएको छ । मुख्यमन्त्री यामलाल कँडेलको अध्यक्षतामा आज सुर्खेत वीरेन्द्रनगरमा सुरु बैठकमा दशौँ बैठकका निर्णयहरूको पुनरावलोकन, स्थानीय तहका कर्मचारीहरूको विवरण तथा कामकाज, प्रदेश सरकार र स्थानीय तहबाट सञ्चालन हुने विकास आयोजना तथा साझा अधिकारका विषयमा समन्वय र अन्तरसम्बन्ध कायम, स्थानीय तहले प्रदेशलाई पठाउने राजस्व र आगामी आथिक वर्षको नीति तथा कार्यक्रम र बजेट तर्जुमाका सम्बन्धमा छलफल हुने जनाइएको छ ।

प्रदेश सरकारका प्रमुख सचिव वीरेन्द्रकुमार यादवका अनुसार बैठकमा प्रदेश तथा स्थानीय तहबीचको समन्वयमा थप प्रभावकारी बनाउने, बेरुजु फर्छयोटसम्बन्धी क्षमता विकास, स्थानीय तहले बनाएको कानुनको प्रदेश अभिलेखीकरण गर्ने र कानुन निर्माणका विषयमा छलफल गरी आवश्यक निर्णय गरिने छ ।

बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री राजीविक्रम शाह, परिषद् सदस्य, नगरपालिका महासङ्घ, गाउँपालिका महासङ्घ र जिल्ला समन्वय समिति महासङ्घका प्रमुख एवं प्रतिनिधिहरू आमन्त्रित सदस्यका रूपमा सहभागी भएका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट