logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • सरस्वतीको दौडसँगै सकियो नेपालको ओलम्पिक यात्रा

    सरस्वतीको दौडसँगै सकियो नेपालको ओलम्पिक यात्रा

    1.5K
    Shares

    काठमाडौं । जापानमा जारी टोकियो ओलम्पिकमा नेपालको यात्रा सकिएको छ । शुुक्रबार (आज) बिहान एथलेटिक्स धाविका सरस्वती चौधरीको एक सय मिटर दौडसँगै नेपाली खेलाडीको स्पर्धा सकिएको हो । 

    ओलम्पिक स्टेडियमको ट्रयाकमा सरस्वती हिट चरणबाटै बाहिरिन् । सरस्वतीले निर्धारित दूरी १२.९१ सेकेन्डमा पूरा गरिन् । दोस्रो हिटबाट प्रतिस्पर्धा गरेकी सरस्वती आफ्नो हिटमा आठौं भइन् । नौ खेलाडी सहभागी यस हिटबाट तीन जनाले दोस्रो चरणमा स्थान बनाएका छन् । 

    सरस्वती राष्ट्रिय कीर्तिमान बनाउने लक्ष्यका साथ टोकियो गएकी थिईन् । यसअघि सरस्वतीको उत्कृष्ट समय १२.५५ सकेन्ड थियो । यस स्पर्धामा राष्ट्रिय कीर्तिमान देवीमाया पनेरुको नाममा छ । देवीमायाले सन् १९९९ को दक्षिण एसियाली खेलककुद (साग) मा १२.२० सकेन्डको राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् ।

    Saraswoti chaudhari.jpg

    ओलम्पिकमा सरस्वतीको सहभागिता अन्तिममा आएर पक्का भएको थियो । यसअघि म्याराथनमा गोपीचन्द्र पार्कीलाई सहभागी गराउने निर्णय गरिएपनि अन्तिममा गोपीको स्थानमा सरस्वतीलाई ओलम्पिक पठाईएको हो । 

    टोकियो ओलम्पिकमा नेपालबाट चार खेलका पाँच खेलाडीले प्रतिस्पर्धा गरेका थिए । जसमा तीन खेलाडीले राष्ट्रिय कीर्तिमान बनाएपनि सबै खेलाडी पहिलो चरणबाटै बाहिरिए । पौडी खेलाडीद्वय गौरिका सिंह र एलेक्स शाह तथा सुटिङकी कल्पना परियारले आफ्नो स्पर्धामा राष्ट्रिय कीर्तिमान बनाएर आफ्नो लक्ष्य पूरा गरे । जुडो खेलाडी सोनिया भट्टले एक बाउट जित्ने उनकै चाहना समेत पूरा गर्न सकिनन् । 

    ओलम्पिकमा आफ्नो खेल सकिएसँगै जुडो र सुटिङ खेलाडी नेपाल फर्किसकेका छन् । बेलायतमा बस्दै आएकी पौडी खेलाडी गौरिका सुक्रबार जापानबाटै बेलायत जानेछिन् । 

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend