logo

२०८१ पुष १२ शुक्रबार

logo
  • शुक्रबार, १२ पुष २०८१
  • महिला सुरक्षालाई प्राथमिकता दिन संसद्‍मा उठ्यो आवाज 

    महिला सुरक्षालाई प्राथमिकता दिन संसद्‍मा उठ्यो आवाज 

    2.1K
    Shares

    काठमाडौं । सांसद डिला संग्रौलाले महिलाको सुरक्षालाई प्राथमिकता दिन माग गरेकी छन्। शुक्रबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै संग्रौलाले यस्तो माग गरेकी हुन्।

    प्रहरीको तथ्यांकअनुसार पछिल्लो समयम औसत २२ महिला, किशोरी र बालबालिका हराउने गरेको भन्दै उनले सरकारसँग महिलाको सुरक्षालाई उच्च प्राथमिकता दिन माग गरेकी हुन्। 

    सँगै संग्रौलाले कोभिडका कारण घरेलु हिंसा, महिलाविरुद्धको हिंसाका घटना बढेकोप्रतिसमेत चिन्ता व्यक्त गरेकी छन्। 

    ‘कोरोना महामारीका कारण लाखौं जनताले रोजगारी गुमाएका छन्।  लाखौं बालबालिकाले पढ्न पाएका छैनन्।  सरकारले कोभिड विरुद्ध खोप पुराउने कामलाई सर्वोच्च प्राथमिकता दिनुका साथै आर्थिक रुपले कमजोर वर्गलाई तत्काल राहत घोषणा गर्न आग्रह गर्दछु।   कोभिडका कारण घरेलु हिम्सा, महिला विरुद्ध हिम्साका घटनाहरु बढेका छन्’, शुन्य समयमा बोल्दै उनले भनिन्, ‘प्रहरीको तथ्यांकअनुसार पछिल्लो समय दिनमा औसत २२ महिला, किशोरी र बालिका हराउने गरेका छन्। तीमध्ये करिब १० जना भेटिन्छन्। आधाभन्दा बढीचाहिँ हराइरहेका छन्।  त्यसैले नयाँ सरकारलाई महिला सुरक्षाका लागि उच्च प्राथमिकता दिन पनि माग गर्दछु।’ 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend