२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

अपडेटः नारायणगढ–मुग्लिन सडक खुल्यो, यातायात दुईतर्फी सुचारु

शुक्रवार , बैशाख २५, २०८३

चितवन । सुक्खा पहिरो खसेर अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक खण्ड पुनः सञ्चालनमा आएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तुइनखोलामा आज बिहान खसेको पहिरो पन्छाएपछि सडक दुईतर्फी रूपमा सञ्चालनमा आएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक (डीएसपी) रवीन्द्र खनालका अनुसार सडक डिभिजन कार्यालयसँगको समन्वयमा डोजर र प्रहरी टोली परिचालन गरी पहिरो हटाइएको हो ।

केहीबेर अघिदेखि अवरुद्ध यातायात सुचारु भएपछि बीच बाटोमा रोकिएका सवारी साधन र यात्रुहरू आफ्नो गन्तव्यतर्फ लाग्न थालेका छन् । बिहानैदेखि सडक अवरुद्ध हुँदा काठमाडौँ, पोखरा र तराईका जिल्लाहरूबाट छुटेका सयौँ सवारी साधनहरू जाममा परेका थिए ।

सडक खुले पनि सवारीको चाप धेरै भएकाले ट्राफिक व्यवस्थापन मिलाउन र गति सीमित राख्न प्रहरीले सवारी चालकहरूलाई आग्रह गरेको छ । यसअघि सोही स्थानमा सुक्खा पहिरो खस्दा आज बिहानदेखि सडक पूर्ण रूपमा ठप्प भएको थियो ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट