काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘नीति मन्थन’ कार्यक्रम पुनः सञ्चालन गर्ने भएको छ ।
पार्टी सभापति रवि लामिछानेको निर्देशन तथा वैशाख २० गते बसेको केन्द्रीय सचिवालय बैठकको छलफलका आधारमा कार्यक्रम पुनः सुरु गर्न लागिएको हो ।
रास्वपाका अनुसार वैशाख २७ गते अपराह्न ३ बजेदेखि ६ बजेसम्म काठमाडौंको नेपाल पर्यटन बोर्डको सभा हलमा ‘नीति मन्थन’ कार्यक्रम आयोजना गरिनेछ ।
यसपटकको कार्यक्रम ‘विपद् जोखिम न्यूनीकरण तथा विपद् व्यवस्थापन’ विषयमा केन्द्रित रहने रास्वपाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस