२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

प्रधानमन्त्रीले बालेन शाहले बोलाए मन्त्रिपरिषद् बैठक

शुक्रवार , बैशाख २५, २०८३

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आज मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बिहान ११ बजे बस्ने गरी बैठक आह्वान गरिएको हो ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा सरकारका दैनिक कामकारबाहीको समीक्षा, प्रशासनिक निर्णयहरू तथा मुलुकको समसामयिक राजनीतिक र आर्थिक विषयमा छलफल हुने कार्यतालिका रहेको छ ।

नियमित कार्यसूचीका अतिरिक्त केही मन्त्रालयका महत्त्वपूर्ण प्रस्तावहरू र कर्मचारी प्रशासनसँग सम्बन्धित विषयमा पनि आजको बैठकले आवश्यक निर्णय लिन सक्ने बुझिएको छ । सरकारले अगाडि सारेका विकास निर्माणका योजना र सुशासनका पक्षमा भइरहेका प्रगतिबारे पनि मन्त्रीहरूसँग प्रधानमन्त्रीले ब्रिफिङ लिने कार्यक्रम छ ।

आजको बैठकलाई सरकारको आगामी रणनीति र सार्वजनिक सेवा प्रवाहमा सुधारका दृष्टिकोणले महत्त्वपूर्ण रूपमा हेरिएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट