२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

भोटेकोशी–५ जलविद्युत आयोजना: स्थानीयलाई 'प्रमोटर सेयर' दिने

शुक्रवार , बैशाख २५, २०८३

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसेमा निर्माण सुरु भएको ४६ मेगावाटको भोटेकोशी–५ जलविद्युत आयोजनाले स्थानीय जनताको हितलाई ध्यानमा राखेर प्रमोटर सेयरमा समेट्ने भएको छ । आयोजनाका कार्यकारी अध्यक्ष मोहनविक्रम कार्कीले आयोजना प्रभावित व्यक्तिहरूले सहज रूपमा लगानी गर्न पाउने गरी सेयर संरचना तय भइरहेको जानकारी दिए ।

आयोजनाको ७० प्रतिशत काम सम्पन्न भएपछि स्थानीयलाई शेयर वापतको रकम संकलन गर्न लगाउने भएका कारण पनि प्रभावितहरुलाई धेरै फाईदा पुग्नु छ । बाह्रबिसे नगरपालिकाको वडा नम्वर ३,४,५,८ र ९ र त्रिपुरासुन्दरीको ३ नम्वर वडा प्रत्यक्ष प्रभावितमा पर्दछ । यहाँका स्थानीय ७० प्रतिशत काम सम्पन्न भएपछि प्रमोट शेयर वापतको रकम जम्मा गर्न पाउने छन् ।

आयोजना सञ्चालनमा आएपछि स्थानीय जनता लाभांशकर्ता (डिभिडेन्ड) को रूपमा पनि लाभान्वित हुनेछन् ।तर, स्थानीय भन्दा अन्यत्रका मानिसहरुले आयोजनाका बारेमा नकारात्मक कुरा बाहिर ल्याएको भन्दै आयोजनाले दुःख व्यक्त गरेको छ । जसका कारण स्थानीय प्रत्यक्ष प्रभाबितहरुलाई मर्का पर्न सक्नेछ ।

केही बाहिरी तत्वले स्थानीय जनतालाई उचाल्ने र आन्दोलनमा उतार्ने काम गरेको आयोजनाको गुनासो छ, जसले दीर्घकालमा स्थानीयले नै पाउने सेयर र रोजगारी दुवैमा अन्योल उत्पन्न हुने खतरा देखिएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट