२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

मनास्लुको फेदीमा हीरक महोत्सव मनाइयो

शनिवार , बैशाख २६, २०८३

गोरखा । मनास्लु हिमाल पहिलो पटक आरोहण गरेको स्मरणमा हीरक जयन्ती मनाइएको छ । जिल्लाको चुमनुब्री गाउँपालिका–१ सामागाउँमा अवस्थित आठ हजार १६३ मिटर अग्लो मनास्लु हिमाल आरोहणको अवसरमा हीरक जयन्ती मनाइएको हो । 

चुमनुब्री गाउँपालिकाको आयोजना तथा मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप), नेपाल पर्वतारोहण सङ्घ, ट्रेकिङ एजेन्सिज एशोएसन (टान) लगायत संस्थाको सहआयोजनामा आज यहाँ हीरक जयन्ती मनाइएको हो । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले हीरक जयन्तीको उद्घाटन गर्दै यो पर्यटन प्रवर्द्धनमा एक महत्त्वपूर्ण उपलब्धिका रूपमा रहेको बताए ।

सो अवसरमा मनास्लुको प्रथम आरोही जापानी नागरिक तोसीयो इमानिसी र उर्गेन छिरिङ शेर्पाको सालिक अनावरण गरिएको छ । मुख्यमन्त्री पाण्डे, गाउँपालिकाका अध्यक्ष निमा लामाले जापानी आरोहीका छोरा कुनियो इमानिसी, नाति रसोयुके इमानिसीलाई प्रमाणपत्र, दोसल्ला ओढाएर सम्मान गरे ।

साथै सामागाउँका प्रथम आरोही मिङ्मार छिरिङ लामा, नाङ्स्याल छेदेन र डिकी लामालाई पनि सम्मान गरिएको छ । कार्यक्रममा भोटेलामा समुदायको सांस्कृतिक सेर्का नाच तथा अन्य सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो । विश्वको आठौँ, नेपालको सातौँ अग्लो मनास्लु हिमाल प्रथम पटक सन् १९५६ मे ९ तारिखमा तोसियो इमानिसी र नेपाली नागरिक उर्गेन छिरिङ शेर्पाले सफल आरोहण गरेका थिए । 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट