काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ) ले भन्सार छलि गरेको आशंकामा मुस्ताङको कोरला नाकाबाट भित्रिएका ७७४ वटा विद्युतीय सवारीसाधन नियन्त्रणमा लिएको छ।
बुधबार राति मुस्ताङको जोमसोम, पर्वतको कुस्मा र कास्कीको हेम्जा क्षेत्रबाट ती सवारीसाधन नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ।
सवारीसाधन नियन्त्रणका लागि सशस्त्र प्रहरी बल नेपाल नं. ३३ गुल्म मुस्ताङ, म्याग्दी गुल्म, नं. २५ चण्डिका गण पर्वत तथा नं. २४ कालिका गण कास्कीबाट सुरक्षाकर्मी परिचालन गरिएको थियो ।
यसैबीच, नुवाकोटको पासाङल्हामु सडकखण्डबाट समेत दुई वटा सवारीसाधन नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ ।
नियन्त्रणमा लिइएका सबै सवारीसाधनलाई आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि सम्बन्धित निकायमा बुझाइने सशस्त्र प्रहरी बलले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस