२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

भक्तपुरको ख्वप्रिङ्ग स्कुलमा भीषण आगलागी: ५ वटा कक्षाकोठा पूर्ण रूपमा नष्ट, ५० लाखको क्षति

बिहिवार , जेठ २१, २०८३

भक्तपुर । भक्तपुर नगरपालिका–लिवालीस्थित ख्वप्रिङ्ग इङ्लिस सेकेण्डरी स्कुलमा आगलागी हुँदा ठूलो क्षति भएको छ । 

आगलागीबाट विद्यालयको दुई तला पूर्ण रूपमा क्षति पुगेको तथा पाँच वटा कक्षा कोठा पूर्ण रूपमा नष्ट भएका विद्यालयका प्रधानाध्यापक विनोद प्रजापतिले जानकारी दिए । आगलागीबाट करिब रु ५० लाख  बराबरको क्षति भएको छ ।

विद्युत् सर्टका कारण आगलागी भएको हुनसक्ने अनुमान छ । हाल जलेका सामग्री हटाउने तथा सरसफाइको कार्य सुरु गरिएको छ । धेरै दिन पठनपाठन अवरुद्ध हुन नदिने गरी काम भइरहेको विद्यालय प्रशासनले जनाएको छ । 

प्रहरी वृत्त जगातीका अनुसार क्षतिको विस्तृत विवरण सङ्कलन जारी  छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ