काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा टर्किस एयरलाइन्सको एक जहाजमा आगो लागेको छ ।
आज बिहान पौने ७ बजेतिर स्तानबुलबाट आएको उक्त जहाज ल्याण्ड गर्ने क्रममा पाङ्ग्रामा आगो देखिएको विमानस्थल सुरक्षा स्रोतले जनाएको छ ।
घटनालगत्तै दमकल प्रयोग गरेर आगो नियन्त्रणमा लिइएको थियो । साथै, यात्रुहरुलाई इमर्जेन्सी ढोका खोलेर सुरक्षित रूपमा उद्धार गरिएको बताइएको छ ।
विमानमा सवार सबै यात्रु सकुशल रहेको जनाइएको छ । आगलागी हुनुको कारण तथा अन्य प्राविधिक अवस्थाबारे थप जाँच भइरहेको विमानस्थल स्रोतले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस