२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

आईएमईको नयाँ ग्राहक योजना: रेमिट्यान्स पठाउँदा क्यासब्याकदेखि ईएमआईसम्मको सुविधा

सोमवार , बैशाख २८, २०८३

काठमाडौं ।  नेपालको नेतृत्वदायी रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमईले  विदेशमा रहेका नेपाली तथा नेपालमा रहेका उनीहरूका परिवारलाई लक्षित गर्दै नयाँ तथा आकर्षक ग्राहकलाभ योजना सार्वजनिक गरेको छ । 

अब, आइएमई मार्फत विदेशबाट नेपालमा रेमिट्यान्स पठाउने ग्राहकहरूले केवल पैसा प्राप्त गर्ने सुविधा मात्रै होइन, सामसुङका विभिन्न आधुनिक इलेक्ट्रोनिक सामान खरिद गर्दा विशेष छुट, क्यासब्याक तथा अन्य आकर्षक अफरहरूको समेत लाभ लिन सक्ने भएका छन् । यस, अफरको लाभ लिन ग्राहकहरूले सर्वप्रथम आइएमइ रेमिटमार्फत विदेशबाट नेपालमा पैसा पठाउन पर्दछ । त्यसपछि नेपालमा पैसा प्राप्त गर्दा प्रयोग भएको आइएमइ कन्ट्रोल नम्बर सुरक्षित राखेर सामसुङको आधिकारिक स्टोर वा डिलरकहाँ पुग्नुपर्नेछ । 

ग्राहकहरूले आफूलाई आवश्यक सामसुङका स्मार्टफोन वा अन्य घरेलु उपकरण छनोट गरि एचएफएल मार्फत सहज इएमआई वा ऋण सुविधा मार्फत खरिद प्रक्रिया पूरा गर्न सक्नेछन जसले ग्राहकलाई एकैपटक ठूलो रकम खर्च नगरी किस्ताबन्दीमा सामान खरिद गर्ने सुविधा प्रदान समेत गर्नेछ ।  इएमआई सुविधा २४ महिनासम्मको  उपलब्ध छ । साथै स्मार्टफोन, स्मार्ट टिभी, रेफ्रिजेरेटर, वासिङ मेसिन लगायतका आधुनिक घरेलु तथा डिजिटल उपकरण खरिद गर्दा ग्राहकहरूले अधिकतम ६ प्रतिशतसम्म क्यासव्याक खल्ती बाई इएमआई वालेटमा प्राप्त गर्ने व्यवस्था गरिएको छ । 

यसले विदेशमा बसेर कठिन परिश्रम गरी कमाएको रकमलाई अझ बढी उपयोगी र मूल्यवान बनाउने विश्वास कम्पनीले लिएको छ ।  त्यसैगरी, सामसुङ स्मार्टफोन खरिद गर्ने ग्राहकले ल्अभिि प्याक सक्रिय गर्दा बोनस डेटा सुविधा पनि प्राप्त गर्न सक्नेछन् । यस, योजनाअन्तर्गत ग्राहकहरूले एनसेल रिचार्जमा अधिकतम १८० जीबी सम्म बोनस डेटा प्राप्त गर्ने अवसर पाउनेछन् । 

विशेषगरी वैदेशिक रोजगारीमा रहेका नेपाली कामदार तथा उनीहरूका परिवारको दैनिक जीवनलाई सहज र प्रविधिमैत्री बनाउने उद्देश्यले ल्याइएको यो योजना ग्राहकहरूको आवश्यकता र चाहनालाई ध्यानमा राखेर तयार पारिएको हो, आइएमईको कार्यकारी अधिकृत दिवाकर पौडेलले बताए ।  विदेशमा रहेर आफ्नो परिवारको सुख, सुविधा र भविष्यका लागि निरन्तर मेहनत गरिरहेका नेपालीहरूलाई लक्षित गर्दै आइएमईले रेमिट्यान्स सेवासँगै प्रत्यक्ष आर्थिक लाभ दिने प्रयास गरेको जनाएको छ । 

आईएमई लिमिटेडले ल्याएको यस अभियानमार्फत ग्राहकले आधुनिक प्रविधियुक्त सामसुङका उत्पादनहरू अझ सहज, किफायती तथा लाभदायक रूपमा खरिद गर्न सक्ने अपेक्षा गरिएको छ । रेमिट्यान्स सेवा प्रयोग गर्ने ग्राहकहरूलाई अतिरिक्त आर्थिक लाभ प्रदान गर्ने उद्देश्यले ल्याइएको यो योजना नेपाली उपभोक्ताहरूका लागि निकै उपयोगी र प्रभावकारी हुने विश्वास समेत गरिएको छ । 

आइएमई लिमिटेडका बारेमा∶

आफ्नो स्थापनादेखि नै रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पु¥याउन प्रतिबद्ध यस कम्पनीले सेवा शुभारम्भको २५ औँ वर्षसम्ममा नेपालका सहरी तथा ग्रामीण क्षेत्रलाई समेट्ने गरी २ सय २५ आइएमई सेन्टर सहित ७७ जिल्लाका करिब १२ हजार सब एजेन्ट र बैङ्क तथा वित्तीय संस्थाका शाखामार्फत विदेशमा कार्यरत नेपालीहरूले दुः ख गरी कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आइरहेको छ । 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट