पोखरा । तमू (गुरुङ) सञ्चारकर्मी संघ, नेपालको आयोजनामा एकदिने खोजपत्रकारिता तालिम सम्पन्न भएको छ । शनिबार पोखरास्थित होटल एलिगेन्ट प्रा.लि.को सभाहलमा आयोजित तालिम कार्यक्रममा करिब ७० जना सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमको उद्घाटन गण्डकी प्रदेश सभा सदस्य गणेशमान गुरुङले गरेका थिए । उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले समावेशी देश निर्माणमा सञ्चारकर्मीहरुको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताए । उनले पत्रकारिता क्षेत्रले समाजमा सचेतना फैलाउने, सत्य तथ्य बाहिर ल्याउने तथा लोकतन्त्रलाई मजबुत बनाउन महत्वपूर्ण योगदान पुर्याउँदै आएको उल्लेख गरे ।
आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको आर्थिक सहयोगमा आयोजित उक्त तालिममा वरिष्ठ पत्रकार हुम गुरुङ र शान्ति गुरुङले सहजिकरण गरेका थिए ।
तालिमका क्रममा खोजपत्रकारिताको महत्व, समाचार संकलनका विधि, तथ्य परीक्षण, अनुसन्धानमूलक रिपोर्टिङ तथा पत्रकारितामा देखिएका चुनौतीलगायत विषयमा प्रशिक्षण दिइएको थियो ।
प्रतिक्रिया दिनुहोस