२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

प्रकृति संरक्षण कोषको सदस्यसचिवमा डा पोखरेल नियुक्त

बुधवार , बैशाख ३०, २०८३

काठमाडौँ । राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्यसचिव पदमा डा चिरञ्जीवीप्रसाद पोखरेल नियुक्त भएका छन् ।

वन तथा वातावरणमन्त्री एवं कोषका अध्यक्ष गीता चौधरीले उनलाई यही वैशाख २९ गतेदेखि लागू हुनेगरी अर्को व्यवस्था नभएसम्मका लागि कोषको सदस्यसचिवमा नियुक्त गरेकी हुन् ।

कोषको वरिष्ठ निर्देशक पदमा हाल कार्यरत डा पोखरेल प्रतिष्ठित वन्यजन्तु जीवविज्ञ, संरक्षण योजनाकार तथा प्रख्यात बाघविज्ञ छन् । उनीसँग संरक्षण क्षेत्रमा २७ वर्षभन्दा बढीको व्यावसायिक अनुभव छ ।

नवनियुक्त सदस्यसचिव डा पोखरेलले कोषको उद्देश्य, दूरदृष्टि तथा मूल्यमान्यताप्रति प्रतिबद्धता व्यक्त गर्दै संस्थालाई प्रकृति संरक्षणको क्षेत्रमा अझ उच्च उपलब्धितर्फ अग्रसर गराउने दृढ अठोट व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट