logo

२०८१ पुष १२ शुक्रबार

logo
  • शुक्रबार, १२ पुष २०८१
  • बढ्यो पुरस्कार : ‘ए’ डिभिजन विजेतालाई ७५ लाख 

    बढ्यो पुरस्कार : ‘ए’ डिभिजन विजेतालाई ७५ लाख 

    2.4K
    Shares

    काठमाडौं। सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको विजेताले ७५ लाख रुपैयाँ पुरस्कार पाउने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले कार्तिक २९ गतेबाट सञ्चालन गर्न लागेको लिगको पुरस्कार बढाएको हो। 

    यसअघि असोज ३ गतेबाट सुरु हुने तय भएको लिग साफ च्याम्पियनसिप फुटबलका कारण केही पछि सारिएको एन्फाले जनाएको छ। एन्फाले ‘ए’ डिभिजन क्लबसँगको सहमतिमा नयाँ मिति तय गरेको हो। मितिसँगै एन्फाले पुरस्कार राशीमा समेत वृद्धि गरिएको छ। यसअघि लिगको विजेताले ५० लाख रुपैयाँ पाउँदै आएको थियो। 

    यसपटक लिगको उपविजेतालई ५० लाख र तेस्रो हुने टोलीलाई २५ लाख रुपैयाँ प्रदान गरिने बताईएको छ। लिग तयारीका लागि एन्फाले प्रत्येक क्लबलाई २० लाख रुपैयाँ उपलब्ध गराउने छ। ‘ए’ डिभिजनमा अहिले क्लब छन्। 

    यसपटकको लिगमा दुई टिम रेलिगेसनमा पर्नेछन्। राउण्ड रोविनमा आधारमा चल्ने लिगको पुुछारमा रहने टोली ‘बी’ डिभिजनका घटुवा हुनेछ। एन्फाले यसअघि शीर्ष आठमा रहने टोलीले सुपर एट खेल्ने र त्यसमा शीर्ष हुने टोली च्याम्पियन बन्ने सहमति भएको थियो। 

    तर कोभिडका कारण यो योजना रद्ध भएको छ। यस पटक लिगलाई एन्फाले ६ महिना चलाउने र लिगसँगै राष्ट्रिय लिग पनि आयोजना गर्ने जनाएको छ। तर एन्फाले राष्ट्रिय लिगको टुंगो लगाइसकेको छैन। सहिद स्मारक ‘ए’ डिभिजन लिगका लागि भने क्लबले तयारी र खेलाडी अनुबन्धको काम सुरु गरिसकेका छन्। 

      


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend