logo

२०८१ पुष १२ शुक्रबार

logo
  • शुक्रबार, १२ पुष २०८१
  • टोकियो ओलम्पिक : २४ स्वर्णसहित ५१ पदक पाएको चीन शीर्ष स्थानमा

    टोकियो ओलम्पिक : २४ स्वर्णसहित ५१ पदक पाएको चीन शीर्ष स्थानमा

    3K
    Shares

    टोकियो। टोकियो ओलम्पिकमा चीनले अग्रता कायमै राखेको छ। जापानको टोकियोमा जारी विश्व खेलकुदको कुम्भमेला मानिएको ३२ औं गृष्मकालीन ओलम्पिक खेलकुदमा नवौं दिनका खेल सकिँदा चीनले २४ स्वर्णसहित ५१ पदक पाएको हो। 

    कुल १ सय ८० स्वर्ण पदकको छिनोफानो हुँदा चीन शीर्ष स्थानमा छ। चीनसहित अहिलेसम्म ५३ राष्ट्रले स्वर्ण पदक जितेका छन्। चीन शीर्ष स्थानमा छ भने उसलाई अमेरिकाले पछ्याइरहेको छ।

    दोस्रो स्थानमा रहेको अमेरिकाले २० स्वर्णसहित ५९ पदक पाएको छ। आयोजक राष्ट्र जापानले १७ स्वर्णहित ३१ पदक जितेको छ। त्यसैगरी अष्ट्रेलियाले १४ स्वर्णसहित ३१ पदक जितेको छ भने रसियाले १२ स्वर्णसहित ४४ पदक पाएको छ। photo1.jpg

    ग्रेट ब्रिटेनले १०, फ्रान्स र दक्षिण कोरियाले ५–५ स्वर्ण जितेका छन्। उता इटाली, नेदरल्यान्ड्स, जर्मनी, चेक रिपब्लिक र न्युजिल्याण्डले ४–४ स्वर्ण जितेका छन्। 

    क्यानडा, स्विट्जरल्यान्ड र क्रोएसियाले ३–३ स्वर्ण हात पार्दा चाईनिज ताइपे, ब्राजिल, हंगेरी, इक्वेडर, कोसोभो, कतार र स्लोभानियाले दुई दुई स्वर्ण पाएका छन्। 

    ओलम्पिकमा अहिलेसम्म १ मात्र स्वर्ण जित्ने देशको संख्या भने ३० पुगेको छ। नेपालसमेत सहभागी भएको ओलम्पिकमा नेपालका सबै खेल सकिएका छन्। व्यक्तिगत स्पर्धामा सुधार गरे पनि नेपालले कुनै उपलब्धि हात पार्न सकेन।

    photo1.jpg

      


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend