logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • स्वास्थ्य राज्यमन्त्री उमेशले सरकारी सेवा सुविधा नलिने

    स्वास्थ्य राज्यमन्त्री उमेशले सरकारी सेवा सुविधा नलिने

    4.3K
    Shares

    काठमाडौं। स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारी सेवा सुविधा नलिने घोषणा गरेका छन्।

    सोमबार आफ्नो सय दिने कार्ययोजना सार्वजनिक गर्दै राज्यमन्त्री श्रेष्ठले सुरक्षाकर्मीबाहेक आवास, गाडी र तलबभत्ता नलिने घोषणा गरेका हुन्।

    उनले मन्त्री पदमा रहुन्जेल आफू संलग्न रहेको सबै व्यावसायिक संस्थाबाट राजीनमा दिने पनि बताए।

    शिक्षा, स्वास्थ्य, हाइड्रोलगायत क्षेत्रमा लगानी गरेका श्रेष्ठलाई प्रधानमन्त्री शेरबहादुर देउवाले साउन १० गते स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेका हुन्। स्वास्थ्य मन्त्री नियुक्त नहुँदै स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेको भन्दै सत्तारुढ गठबन्धनले देउवाको आलोचना गरेको थियो।

    महामारीको समयमा स्वास्थ्य मन्त्रालय नेतृत्वबिहीन बन्दा काम प्रभावकारी नभएको भन्दै देउवाले श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी दिएका हुन्।  
      


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend