काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष कृष्ण थापाले आफ्नै अध्यक्ष कर्माछिरिङ शेर्पाको राजीनामा माग गरेका छन् । थापाले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत शेर्पाको राजीनामा माग गरेका हुन् ।
शेर्पाविरद्ध कटाक्ष पोख्दै थापाले आफु शर्पासँग चेन्ज एन्फादेखिको साथी भएको र मित्रको नाताले अध्यक्ष पदबाट राजिनामा दिनुहोस भन्दै लेखेका छन् । साथै थापाले अध्यक्ष शेर्पा एन्फा हाक्न सफल नभएको समेत लेखेका छन् ।
शेर्पासँगै गत निर्वाचनका उपाध्यक्ष पदमा निर्वाचित भएका थापाले केहीदिन अघिमात्र एन्फा प्राविधिक कमिटिको संयोजक पदबाट राजीनामा दिएका थिए ।