logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • राज कुन्द्रा प्रकरणमा जाेडिएकी नायिका ‘न्यूड’ भएर इन्स्टाग्राममा लाइभ आएपछि…

    राज कुन्द्रा प्रकरणमा जाेडिएकी नायिका ‘न्यूड’ भएर इन्स्टाग्राममा लाइभ आएपछि…

    4K
    Shares

    एजेन्सी । अश्लिल भिडियो प्रकरणमा पक्राउ परेका भारतीय व्यवसायी राज कुन्द्रा प्रकरणसँग जोडिएर चर्चामा आएकी अभिनेत्री गहना वशिष्ट ‘न्यूड’ भएर इन्स्टाग्राममा लाइभ आएकी छन् । गहनाकाे उक्त भिडियाे अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेकाे छ । 

    राज कुन्द्राले बनाएका फिल्म अश्लिल नभएको र ‘इरोटिका’ भएको भन्दै कुन्द्राको समर्थनमा उत्रिएकी गहनाले आफ्नो कुरा बुझाउनका लागि लाइभ आएकी बताएकी छन् । 

    गहनाले उक्त भिडियोमा आफूले कपडा नलगाएको बताएकी छन् । उनले दर्शकलाई सोधेकी छन्,‘के म अश्लिल देखिएकी छु ? के तपाईंलाई यो पार्न भन्ने लाग्छ ?’

    ‘म तपाईंहरु सबैको अगाडि लाइभ बसेकी छु । के म अश्लिल वा ‘घटिया’ देखिएकी छु ? के तपाईं यसलाई पोर्न क्याटेगोरीमा गन्न सक्नुहुन्छ ? तर अझै पनि यसलाई तपाईंहरु पोर्नका रुपमा व्याख्या गर्नहुन्न भने मैले सबै कपडा लगाएको भिडियोलाई किन पोर्न भन्नुहुन्छ ? यो गलत हो ।  मैले कपडा लगाएर बनाएको भिडियो पोर्न अनि केही पनि नलगाएको भिडियो पार्न नहुने कसरी हुन्छ ?’ गहनाले भनेकी छन् । 

    गहनाले उक्त लाइभ भिडियोमा ‘कपडा बिनाको लाइभ’ भनी क्याप्सन पनि लेखेकी छन् । 

    – भारतीय सञ्चारमाध्यमकाे सहयाेगमा 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend