काठमाडौं। एमाले सांसद् योगेश भट्टराईले कोरोना रोकथाम तथा नियन्त्रणमा प्रधानमन्त्रीलाई समयले छुट नदिने बताएका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै भट्टराईले यस्तो बताएका हुन्।
मन्त्रीले असोजभित्र सबैले खोप लगाउने भन्ने र प्रधानमन्त्रीले खोप, खोप, खोप मात्र भनेर नहुने भन्दै भट्टराईले यस्तो बताएका हुन्।
‘असोज महिनाभित्र सबै खोप लगाउने मन्त्रीको घोषणा र प्रधानमन्त्रीले भन्नु भएको खोप, खोप र खोप योजना लागू हुने देखिँदैन’, भट्टराईले भने, ‘कोरोनाको रोकथाम तथा यियन्त्रणका निम्ति तपाईंलाई समयको छुट छैन। शंकाको लाभ छैन। अब तपाईंको समय सुरु भएको छ।’