logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • प्रशिक्षकको राजीनामा छानविन गर्न राखेपले बनायो समिति

    प्रशिक्षकको राजीनामा छानविन गर्न राखेपले बनायो समिति

    2.4K
    Shares

    काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) भित्र चुलिएको विवाद तथा राष्ट्रिय टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले सामाजिक सञ्जालमा घोषणा गरेको राजीनामा छानविन गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले छानबिन समिति गठन गरेको छ ।

    राखेपले बोर्ड सदस्य पुरेन्द्र बिक्रम लाखेको संयोजकत्वमा मंगलबार सात सदस्यीय समिति गठन गरेको हो । समितिमा रेनुका नगरकोटी, सुर्वण श्रेष्ठ, चन्द्र बन्दना राई, अर्जुन बिक, नारायण अर्याल र सरोज पोखरेल सदस्य रहेका छन् ।

    समितिलाई सात दिन भित्र छानबिन प्रतिवेदन बुझाउन निर्देशन पनि दिएको छ । यसअघि एन्फाको आपत्कालीन बैठकले घटनाको छानविन गर्न युवा तथा खेलकुद मन्त्रालयलाई सिफारिस गरेको थियो । मन्त्रालयले सोमबार मात्र एन्फा विवादको छानविन गर्न राखेपलाई निर्देशन दिएको थियो ।

    मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको राजीनामा घोषणा र त्यसको कारण वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङलाई दोष दिइएको घटनाले अहिले नेपाली फुटबल भित्रको विवाद सतहमा आएको छ । यही विषयलाई आधार मानेर एन्फाका पदाधिकारीले धमाधम राजीनामा समेत दिन थालेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend