logo

२०८१ पुष १३ शनिबार

logo
  • शनिबार, १३ पुष २०८१
  • विवादित ठाउँमा पुरानै क्रियाशिल सदस्यलाई मान्यता दिने पौडेल समूहको निष्कर्ष

    विवादित ठाउँमा पुरानै क्रियाशिल सदस्यलाई मान्यता दिने पौडेल समूहको निष्कर्ष

    1.9K
    Shares

    काठमाडौं। नेपाली कांग्रेसको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले विवाद भएका ठाउँमा १३ औँ महाधिवेशनको क्रियाशिल सदस्यतालाई मान्ने गरी १४ औँ अधिवेशनको प्रक्रिया थाल्नुपर्ने बताएको छ। 

    मंगलबार पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बसेको पौडेल पक्षका नेताको बैठकले विवादित ठाउँमा १३ औँ महाधिवेशनको क्रियाशिल सदस्यतालाई कायम राख्दै महाधिवेशनमा जानुपर्ने निष्कर्ष निकालेको हो। 

    क्रियाशिल सदस्यता वडा तहबाट कायम हुनुपर्नेमा कतिपय ठाउँमा सिधै क्षेत्र, जिल्ला वा केन्द्रबाटै वितरण गरिएको भन्दै पौडेल समूहले असन्तुष्टिसमेत व्यक्त गरेको छ। 

    व्यक्ति हेरेर नभई विधि, पद्धति र प्रक्रियामा क्रियाशिल सदस्यता वितरण हुनुपर्नेमा जोड दिइएको नेता अर्जुननरसिंह केसीले बताए। 

    ‘संविधानले गरेको आधारभूत, संरचनागत सिद्धान्त हो। तदनुरुप क्रियाशिल सदस्यता टुंगो लगाउनुपर्छ’, उनले भने, ‘जहाँ जहाँ विवाद भएका छन्, तिनीहरुलाई १३ औँ महाधिवेशनकै क्रियाशिलतालाई मान्ने गरेर नयाँ अधिवेशनको प्रारम्भिक चरणको खुड्किला प्रारम्भ गरौं भन्ने हो। विधिवत् ढंगले निश्चित मापदण्डको आधारमा, वैधानिकताको आधारमा गरौँ।’ 

    उनले वैधानिक ढंगले चयन गर्दा को पर्छ, पर्दैन, कुन ग्रुपको हो भन्ने नहेर्न सुझाव दिए। 

    ‘एउटा विधि, पद्धति र प्रक्रियामा हामी संलग्न भयौँ भने त्यसले एउटा बाटो निर्माण गर्छ। पार्टीलाई विधिसम्मत् बनाऔँ’, उनले भने, ‘पार्टीलाई नीतिमुखी बनाऔँ नेतामुखी होइन्। पार्टीलाई विचारमुखि बनाऔँ व्यक्तिमुखी होइन।’

    उनले क्रियाशिल सदस्य वडाबाट नभई आकाश र पत्तालबाट आएको टिप्पणी गर्दै वडामा प्रस्तुत नै नभइकन थपिएका सदस्यलाई स्वीकार गर्न नसकिने स्पष्ट पारे।

    congress-poudyal-group.jpg


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend