logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • अफगानिस्तानमा राष्ट्रपति भवन नजिक विस्फोट, सेना र तालिबानबीच लडाइँ

    अफगानिस्तानमा राष्ट्रपति भवन नजिक विस्फोट, सेना र तालिबानबीच लडाइँ

    3.7K
    Shares

    काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा बम विस्फोट गरिएको छ । जहाँ बम विस्फोट भएको थियो त्यहाँ कयौँ सरकारी भवन भएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।

    रोयटर्सको रिपोर्ट अनुसार उक्त इलाकामा राष्ट्रपति भवन, केही दूतावास र अन्तर्राष्ट्रिय मिडिया रहेका थिए । यो हमलाको अहिलेसम्म कसैले पनि जिम्मा लिएको छैन ।

    विस्फोटमा ३ जना आक्रमणकारी र ३ जना सर्वसाधारणको मृत्यु भएको रोयटर्सले जनाएको छ । अन्य ७ जना घाइते भएकाे पनि बताइएकाे छ । 

    अफगानिस्तानका कयौँ सहरमा सेना र तालिबानबीच भीषण लडाइँ जारी छ । लश्करगाहमा अफगान सेना र तालिबानबीच भिडन्त जारी छ । दक्षिणी हेलमन्द प्रान्तमा ठूलो सङ्घर्ष भइरहेको छ ।

    पछिल्लो केही हप्तामा तालिबानले देशका कयौँ जिल्लामा नियन्त्रण बनाइसकेको छ । अहिलेसम्म देशका २२३ जिल्ला तालिबानको नियन्त्रणमा पुगिसकेको बताइएको छ । ११६ जिल्लामा भिडन्त जारी रहेको र ६८ जिल्ला सरकारको नियन्त्रणमा रहेकाे बताइएकाे छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend