logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • न्युयाेर्कका गभर्नरमाथि ११ महिलालाई याैन दूर्व्यवहार गरेकाे आराेप, राजीनामा दिन बाइडेनकाे सुझाव

    न्युयाेर्कका गभर्नरमाथि ११ महिलालाई याैन दूर्व्यवहार गरेकाे आराेप, राजीनामा दिन बाइडेनकाे सुझाव

    4.6K
    Shares

    एजेन्सी । न्युयाेर्कका गभर्नर एन्ड्र्यु क्युमोमाथि ११ जना महिलालाई याैन दूर्व्यवहारकाे आराेप लागेकाे छ । उक्त आराेपपछि क्युमोलाई अमेरिकाका राष्ट्रपति जो बाइडेनले राजीनामा दिन सुझाव दिएका छन् । 

    मंगलबार पत्रकारहरुसँगकाे कुराकानीका क्रममा बाइडेनले क्युमाेलाई राजीनामा दिन सुझाव दिएका हुन् । 

    कुमोले वर्तमान र पूर्व कर्मचारीलाई कार्यालयमा दुर्व्यवहारजन्य वातावरणसमेत बनाएको रिपोर्ट बाहिरिएकाे हाे । कुमोमाथि पाँच महिना अघि दुर्व्यवहारबारे आरोप लागेको थियो । डेमोक्रेट पार्टीका तर्फबाट गभर्नर बनेका कुमोले भने आफूमाथिको आरोप अस्वीकार गरेका छन् । 

    कुमोले गलत नियतले महिलाहरूलाई चुम्बन गर्ने, अँगालो मार्ने र भद्दा प्रतिक्रिया दिने गरेको रिपाेर्टमा जनाइएकाे बीबीसीले उल्लेख गरेकाे छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend