logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  •  ‘मायाको संसार’ सार्वजनिक (भिडियो) 

     ‘मायाको संसार’ सार्वजनिक (भिडियो) 

    5K
    Shares

    झापा ।  नेपाली डकुमेन्ट्री फिल्म मायाको संसार  सार्वजनिक भएको छ। 

    इलामकी मायादेवी भण्डारी भट्टराईको वास्तविक जीवनकथालाई ४७ मिनेटको डकुमेन्ट्रीमा अटाइएको छ। 

    कथाकार रामप्रसाद ढुंगेलले नेपालमा माओवादीले चलाएको सशस्त्र द्वन्द्वले नेपाली जनजीवनमा पारेको असर र त्यसले उत्पन्न गरेको पारिवारिक वियोग, एकल महिलाले गर्नुपरेको  संघर्ष र संघर्षपछिको सफलतालाई डकुमेन्ट्रीमा प्रस्तुत गरेका छन्।  

    मायाको संसारले एउटा पारिवारिक जीवनको करिब १५ वर्षको अन्तरालमा आएका उतारचढावलाई देखाएको छ।

    इलामकी माया भट्टराईको वास्तविक जीवनकथालाई  डकुमेन्ट्रीमा उतारिएको हो। 
    डकुमेन्ट्रीमा वास्तविक क्रियाकलाप, पात्र र उनीहरुको भनाइ राखिएको छ। 

    डकुमेन्ट्री विर्तामोडको समृद्धि फोटो भिडियो सेन्टरले उत्पादन गरेको हो। यसको छायांकन र सम्पादनमा सिनेमाटोग्राफर देवेन्द्र निरौलाको योगदान रहेको छ। उनी यूएईको राजपरिवारमा करिब १० वर्ष भिडियोग्राफी गरेर स्वदेश फर्किएका हुन्। 

    हरि बस्नेत डिकेको निर्देशन रहेको यो डकुमेन्ट्रीको सम्पादन रामप्रसाद ढुंगेल, देवेन्द्र निरौला, मिलन संग्रौला, हरि बस्नेत र पूर्णप्रसाद ढुंगेलले गरेका हुन्। 

    सन्देश कार्कीले ध्वनि नियन्त्रकका रुपमा काम गरेका छन् भने रिचा उप्रेतीको आवाज सुन्न सकिन्छ।  समृद्धि टिभी नामको युट्युब च्यानलमार्फत डकुमेन्ट्री सार्वजनिक भएको हो। 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend