काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) आईसीसी क्रिकेट विश्व कप लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रीदेशीय सिरिजका लागि १९ सदस्यीय खेलाडी घोषणा गरेको छ ।
क्यानले बुधबार १९ खेलाडीको घोषणा गरेको हो । टोलीको प्रशिक्षण बिहीबारबाट सुरु हुने क्यानले जनाएको छ ।
टोलीमा टोलीमा कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, गुलशन झा, आरिफ शेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, कमलसिंह ऐरी, अविनाश बोहोरा, साहव आलम, सुशान भारी, शरद भेषावकर, विक्रम शोव, पवन सर्राफ र रोहितकुमार पौडेल छन् ।
ओमानमा हुने लिग–२ सिरिज अक्टोबरमा हुनेछ ।