logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • संक्रम बढ्दै ! ठमेल खोल्नुपर्ने व्यवसायीको माग ! 

    संक्रम बढ्दै ! ठमेल खोल्नुपर्ने व्यवसायीको माग ! 

    3.2K
    Shares

    काठमाडौं । ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष भवि शर्माले विदेशबाट आउने पर्यटकले क्वारेन्टाइनमा बस्न आवश्यक नरहेको बताएका छन् । 

    उनले विदेशबाट आउने पर्यटकको कोरोना परीक्षण पनि गरेको हुने र भ्याक्सिन पनि लगाएको हुनाले क्वारेन्टाइनमा बस्न आवश्यक नरहेको बताए । 

    त्यस्तै उनले ठमेलमा अधिकांश घरधनी र व्यवसायीले कोरोना विरुद्धको भ्याक्सिन लगाइसकेको बताए । १० हजार कोरोनाविद्धको भ्याक्सिन ल्याएर ठमेल क्षेत्रको, ठमेल टुरिजम डेभलपमेन्ट काउन्सिलको एउटै भ्याक्सिन सेन्टर बनाएर भ्याक्सिन लगाउने संघसंस्था अर्को कुनै नरहेको पनि बताए । 

    कोरोनाको कारणले गर्दा व्यपार व्यवसाय ठप्प भएपछि कतिपय व्यवसायीले आत्महत्या र कतिपय मानसिक रोगी बनेको समेत उहाँले उल्लेख गरे । साथै कतिपय व्यवसायीको लाइफस्टाइल १०० बाट १० प्रतिशत तिर गइरहेको उपाध्यक्ष शर्माले बताए । उनले एकपछि अर्को गर्दै आइरहेको भेरियन्टमा लक जाने हो भने सबै व्यवसायीको आत्मबल गिर्ने उल्लेख गरे ।

    पर्यटकलाई आह्वान गर्दा सरकारले पनि नेपालमा पर्यटन व्यवसायी र कर्मचारी भ्याक्सिनेट भइसकेको र सबै सुरक्षित हुनुहुनेछ भन्ने सन्देश दिएर पर्यटक आह्वान गर्न आग्रह गरे । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend