logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • ‘बुस्टर डाेज’काे तयारी गरिरहेका देशहरुलाई हतार नगर्न डब्लूएचओकाे सुझाव 

    ‘बुस्टर डाेज’काे तयारी गरिरहेका देशहरुलाई हतार नगर्न डब्लूएचओकाे सुझाव 

    2.6K
    Shares

    काठमाडाैं । विश्व स्वास्थ्य सङ्गठन डब्लूएचओले काेराेना भाइरसविरुद्धकाे खाेपकाे बुस्टर डाेज लिन हतार नगर्न आग्रह गरेकाे छ ।  

    धनी देशले कोरोनाविरुद्धको खोपको तेस्रो डोज अर्थात् बुस्टर डोज लगाउने तयारी गरिरहेका बेला डब्लूएचओका महानिर्देशक ट्रेडोस एड्हानोम गेब्रेसियससले यस्ताे आग्रह गरेका हुन् ।  यस्तै, उनले सेप्टेम्बरसम्म बुस्टर डोजलाई रोक्न पनि अपिल गरेका छन् ।

    बुस्टर डोजले कोरोना भाइरसको सङ्क्रमणलाई रोक्छ भन्ने कुनै पुष्टि नभएकाले हतार नगर्न आग्रह गरिएको उनले बताएका छन् । इजरायल, जर्मनीलगायत केही देशले बुस्टर डोज लगाउने योजना गरिरहेको घोषणा गरेका छन् । 

    उनले धनी र गरिब देशबीच कोरोनाविरुद्धको खोपको पहुँचमा ठूलो अन्तर देखिएको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनले गरिब देशहरुका लागि खाेप उपलब्ध गराइदिन आग्रह पनि गरेका छन् । 

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend