logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • यस कारण टुङ्गियो मेस्सीको बार्सिलोना यात्रा

    यस कारण टुङ्गियो मेस्सीको बार्सिलोना यात्रा

    2.1K
    Shares

    एजेन्सी । लियोनेल मेस्सीले २१ वर्षपछि क्लब बार्सिलोना छोडेका छन्। बार्सिलोनाका कप्तान समेत रहेका मेस्सी र क्लबबीचको सम्झौंता टुंगोमा पुग्न नसकेपछि उनले बार्सिलोना छोड्ने पक्का भएको हो ।

    बार्सिलोनाले बक्तव्य जारी गर्दै मेस्सी क्लबमा बस्न नसक्नुका कारण आर्थिक र संरचनात्कम बाधाहरु भएको उल्लेख गरेको छ । ला लिगाको वित्तीय संरचनाको कानुनी अडचनले गर्दा मेस्सीसँग सम्झौता नवीकरण गर्न नसकिएको बार्सिलोनाले जनाएको छ ।

    गएको जुलाई १ बाट बार्सिलोना र मेस्सीबीचको सम्झौता सकिएपछि नै ३४ वर्षे मेस्सी फ्रि एजेन्ट भएका थिए। त्यसपछि भने उनी र बार्सिलोनाबीच एक मौखिक सहमति भएको बार्सिलोनाले जानकारी दिएको थियो। तर, दुई हप्तापछि बार्सिलोनाले अन्य खेलाडीको तलब मिलान गर्न उनलाई नराख्ने निधो गरेको छ।

    सन् २००४ मा बार्सिलोनाको सिनियर टिममा डेब्यू गरेका मेस्सीले ७ सय ७८ खेलमा ६ सय ७२ गोल गरेका छन् । मेस्सीले बार्सिलोनाबाट १० ला लिगा उपाधि जित्दा ४ च्याम्पियन्स लिगको उपाधि जितेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend