काठमाडौं । साउन २८ गते नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्ने भएको छ । पार्टी मुख्य सचिव कृष्णाप्रसाद पौडेलका अनुसार २८ गते दिउँसो २ बजेका लागि बैठक बोलाइएको हो ।
बैठकमा पार्टीको चौधौं महाधिवेशनको कार्यतालिका र निर्वाचन निर्देशिका प्रस्तुत हुनेछ ।
मुख्य सचिव पौडेलका अनुसार बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्यको उपस्थितिका लागि अनुरोध गरिएको छ ।