logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • बार्सिलोना विदाइबारे मेस्सीले आइतबार सार्वजनिक प्रतिक्रिया दिँदै

    बार्सिलोना विदाइबारे मेस्सीले आइतबार सार्वजनिक प्रतिक्रिया दिँदै

    2.4K
    Shares

    म्याड्रिड/एएफपी । बार्सिलोनाबाट विदाइबारे आएका सूचनाहरूबारे लियोनल मेस्सीले पहिलोपटक सार्बजनिक प्रतिक्रिया दिने भएका छन् । मेस्सीले आइतबार बार्सिलोनामा पत्रकार सम्मेलन गरी जानकारी दिन लागेका हुन् ।

    क्लबले उनलाई २१ वर्षपछि त्यहाँबाट निस्किँदै गरेको घोषणा गरेको तीन दिनपछि बार्सिलोनाबाट विदाइबारे आएका सूचना तथा बार्सिलोनासँगको लामो सहकार्यबारे लियोनल मेसीले सम्मेलनमा धारणा राख्ने अपेक्षा गरिएको छ । 

    बार्सिलोना क्लबले एक विज्ञप्ति जारी गरी भनेको छ, ‘चौतीस वर्षीय मेसीले मध्याह्न हुने प्रेस सम्मेलनमा उहाँको बार्सिलोनासँगको सहकार्र्य र बिदाइबारे सञ्चारकर्मीले सोधेका प्रश्नहरूको जवाफ दिनुहुनेछ । उहाँको क्लबबाट विदाइ घोषणा भएदेखि यी उहाँका पहिलो सार्वजनिक टिप्पणीहरू हुनेछन् । ‘ 

    बार्सिलोनाका अध्यक्ष जोआन लापोर्टाले शुक्रबार मेसीको सम्झौता नवीकरण गरेर आफू ‘क्लबलाई जोखिममा पार्न’ तयार नभएको कुरा बताएपछि मेसीबारे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले अनेक सम्भावनाबारे समाचारहरू लेखेका छन् ।

    बार्साले अगस्त १५ मा ला लिगा सुरु हुनुभन्दा अगाडि ठूलो आर्थिक समस्याको सामना गरिरहेको बताउँदै लापोर्टाले बार्सिलोना अब मेस्सीसँग करार नवीकरण गर्ने सोचमा नरहेको बताएका हुन् ।

    अर्जेन्टिनी फरवार्डले अन्य प्रस्तावहरूमा विचार गरिरहेको समाचारहरू आईरहेका समय उनको प्रेस सम्मेलनलाई महत्वका साथ हेरिएको छ । 

    सन् २०१७ मा विश्व कीर्तिमान २२२ मिलियन युरो ९२६४ मिलियन अमेरिकी डलर० का लागि बार्सिलोनाबाट नेयमारलाई किनेको पीएसजी फ्रान्सको रिपोर्टअनुसार मेसीसँग उसले करार गर्न चाहेको बुझिएको छ । 

    मेसीले पिएसजीलाई क्लबमा सहभागी हुने इच्छा रहेको र तेस्रो सिजनको विकल्पमा दुई वर्षको सम्झौतामा छलफल चलिरहेको जानकारी दिएको फ्रान्सेली टेलिभिजन आरएमसी स्पोर्टले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend