logo

२०८१ पुष १३ शनिबार

logo
  • शनिबार, १३ पुष २०८१
  • सुकुम्बासीलाई बाँड्ने होइन सबै जमिन सरकारले किन्‍नुपर्छ : वामदेव गौतम 

    सुकुम्बासीलाई बाँड्ने होइन सबै जमिन सरकारले किन्‍नुपर्छ : वामदेव गौतम 

    4.3K
    Shares

    काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष एवम् राष्ट्रियसभा सदस्य वामदेव गौतमले कृषियोग्य जमिन सबै सरकारले खरिद गरेर लिजमा दिनुपर्ने बताएका छन् । आइतबार राष्ट्रियसभामा विशेष समय लिएर बोल्दै गौतमले यस्तो बताएका हुन् । 

    भूमिहीन र सुकुम्बासी समस्या समाधानका लागि सबैभन्दा पहिलो शर्त नै सरकारले कृषियोग्य जमिन खरिद गर्नुपर्ने उनको दाबी छ । 

    ‘आधुनिक उत्पादनका लागि जमिन चक्लाबन्दी गर्नुपर्छ । त्यसो हो भने जमिन राज्यले किन्नुपर्छ । नेपालको कृषि भूमि एक टुक्रा पनि जमिनदारी छैन । एकएक टुक्रा रगत पसिना बगाएर किनेको जमिन छ’, गौतमले भने, ‘सरकारले खरिद गर्ने र लिजमा दिने काम नगरेसम्म जमिनको सदुपयोग हुँदैन । त्यत्तिमात्र होइन, भूमिहीन र सुकुम्बासीको समस्या समाधान पनि हुँदैन ।’ 

    भूमिहीनलाई जमिन नदिएर रोजगारीको व्यवस्था गर्नुपर्ने उनको जोड छ । संविधानको भावना अनुरुप चल्न नसक्दा भूमि सम्बन्धी समस्या देखिएको उनले बताए । २०५१ सालदेखि अहिलेसम्म भूमि समस्या समाधान हुन नसक्नु अवैज्ञानिक बाटो भएको उनको भनाइ छ । अहिले पनि भूमि आयोग विघटन भएकोमा विरोध गर्ने र अर्को आयोग गठन गर्ने तयारी भएको भन्दै उनले आक्रोश व्यक्त गरे । 

    २६ लाख हेक्टर जमिन चार करोड टुक्रामा चिराचिरा भएकाले अहिले पनि सरकारले यो जमिन चलनचल्तीको रकममा किन्नुपर्नेमा उनले जोड दिए । जमिन खरिद गरेपछि जमिन पाँचपाँच कट्ठा दिएमा अर्को वर्ष आधाले बेचिसकेर फेरि सुकुम्बासी बनिसक्ने उनको दाबी छ । उनले यो बाटोमा जानु नहुनेमा जोड दिए । 

    ‘२६ लाख हेक्टर जमिन खरिद गर्न चार सय खर्ब रुपैयाँ लागेछ भने सरकारले बैंक ग्यारेन्टीको रुपमा प्राप्त गरेर हरेक व्यक्तिको सम्पत्तिलाई औद्योगिकरणमा लानुपर्छ’, गौतमले भने । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend