logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • पारसको जर्सी नम्बर ७७ सम्मानमा राखिने

    पारसको जर्सी नम्बर ७७ सम्मानमा राखिने

    2K
    Shares

    काठमाडौं । नेपाली राष्ट्रिय टोलीकापूर्व कप्तानपारस खड्काले लगाउँदै आएको ७७नम्बरको जर्सी सम्मान स्वरुप राखिने भएको छ ।

    नेपाल क्रिकेट संघ (क्यान) ले पारसको सम्मानमा उक्त नम्बरको जर्सी अन्तराष्ट्रिय क्रिकेटमा कुनै पनि खेलाडीलाई प्रयोग गर्न नदिने जनाएको हो । ‘पूर्व कप्तान पारसले प्रयोग गर्दै आएको जर्सी नम्बर ७७ अब प्रयोग नगर्ने निर्णय गरेका छौँ ।

    यो पारस प्रतिको सम्मान हो,’क्यानले भनेको छ । ३४ वर्षीय पारसले मंगलबार सामाजिक सञ्जालमार्फत अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए । १७ वर्ष नेपाली क्रिकेटमा बिताएका उनले दुई वर्षअघि कप्तान पदबाट राजीनामा दिएका थिए ।

    पारसले सन् २००४ मा १५ वर्षको उमेरमा नेपालको सिनियर राष्ट्रिय टोलीबाट डेब्यू गरेका थिए । पारसको कप्तानीमा नेपालले सन् २०१४ मा टी–ट्वान्टी विश्वककप खेलेको थियो । उनी नेपाललाई डिभिजन–५ हुँदै एकदिवसीय मान्यता दिलाउने महत्वपूर्ण खेलाडी पनि हुन् । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend